Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

मयुर स्टिल इन्डस्ट्रिजको ‘यति’ हेल्मेट बंगलादेश निर्यात

मयुर स्टिल इन्डस्ट्रिजको ‘यति’ हेल्मेट बंगलादेश निर्यात

  • 2.5K
    SHARES

  • मयुर स्टिल इन्डस्ट्रिजको ‘यति’ हेल्मेट बंगलादेश निर्यात

    बुटवल,बैसाख १९ ।

    मयुर स्टिल इन्डस्ट्रिजले उत्पादन गरेको यति ब्रान्डको नेपाली हेल्मेट बंगलादेश निर्यात हुन थालेको छ ।

    रुपन्देही देवदहस्थित मयुरका म्यानेजिङ डाइरेक्टर महेश थैवका अनुसार केही महिना देखि मासिक रुपमा एक कन्टेनर हेल्मेट बंगलादेश निर्यात भइरहेको छ । यद्यपि हाल यो परीक्षणको रुपमा मात्र उपलब्ध भइरहेको र माग अनुसार भविष्यमा अझै धेरै हेल्मेट पठाउन सकिने उनको विश्वास छ ।हालै मात्र मयुर स्टिल इन्डस्ट्रिजले नेपाली बजारमै पहिलो पटक हाफ फेसमा डबल भाइजर हेल्मेट समेत उपलब्ध गराएको छ ।

    यति ब्रान्ड अन्तर्गत हाफ फेसमा सिटी र इगल मोडल उपलब्ध भएका छन् । ती मध्ये इगल मोडलमा नेपालमै पहिलो पटक डबल भाइजरको हेल्मेट उपलब्ध भएको हो ।त्यसैगरी फुल फेस अन्तर्गत राइडर मोडलमा नयाँ हेल्मेट उपलब्ध भएको छ ।पहिले देखि नै नेपाली हेल्मेट बजारमा उपलब्ध भइरहेको यति ब्रान्डका हेल्मेट लोकप्रिय बन्दै गएका छन् । यी हेल्मेटमा प्रयोग गरिएका सामग्री अनब्रेकेबल रहेका छन् वासेबल स्पन्ज र स्क्र्याच प्रुफ पोलिकार्बोनेट प्रयोग गरिएको छ ।

    सीई, आईएसओ र आईएसआई सर्टिफाइड हेल्मेट गुणस्तरीय भएको मयुर स्टिल इन्डष्ट्रिजका म्यानेजिङ डाइरेक्टर महेश थैब दावी गर्छन् । आफ्नै उत्पादन हाई डेन्सिटी थर्मोकोलको प्रयोग हुने यति हेल्मेट गुणस्तरीय भएकैले नेपाली बजारमा उच्च माग छ । तर माग अनुसार उत्पादन उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।hel.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology