Logo बिहिवार, आश्विन १ गते २०८३
images

पत्रकारले आशावादी सञ्चार गर्न आवश्यक : मुख्यमन्त्री जोखबहादुर महरा

पत्रकारले आशावादी सञ्चार गर्न आवश्यक : मुख्यमन्त्री जोखबहादुर महरा

  • 1.2K
    SHARES

  • पत्रकारले आशावादी सञ्चार गर्न आवश्यक : मुख्यमन्त्री जोखबहादुर महरा

    देउखुरी, बैशाख १९ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पत्रकारले आशावादी सञ्चार गर्न आवश्यक रहेको बताउनुभएको छ । दाङको भालुवाङमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

    मुख्यमन्त्री महराले पछिल्लो समय जनतामा बढिरहेको नकारात्मकतालाई वास्तविकतामा बदल्ने काम पत्रकारले गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारको जय–जयकार होइन, रचनात्मक हिसाबले सरकारको कमीकमजोरी औँल्याउँदै सुझाव दिनुपर्छ । पत्रकारले जनतामा निराशा बाँड्ने काम हुनुहुन्न ।’ 

    सरकारले समय तालिका बनाएर नयाँ ढङ्गबाट कामको सुरुवात गरेको स्मरण गराउँदै मुख्यमन्त्री महराले सरकार गठन भएपछि संसद्को विषयगत समितिको नेतृत्व टुङ्ग्याएर प्रदेश सभालाई बिजनेस दिइएको बताउनुभयो ।

    मिडिया क्षेत्र हरेक राजनीतिक परिवर्तनमा अग्र मोर्चामा रहेको बताउँदै मुख्यमन्त्रीले यथास्थितिमा रमाउनुभन्दा अग्रगमनका लागि सधैँ तयार रहन समेत आग्रह गर्नुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology