Logo बिहिवार, आश्विन १ गते २०८३
images

बझाङमा २६६ मतान्तरसहित एमालेका उम्मेदवार भण्डारी विजयी

बझाङमा २६६ मतान्तरसहित एमालेका उम्मेदवार भण्डारी विजयी

  • 957
    SHARES

  • बझाङमा  २६६ मतान्तरसहित एमालेका उम्मेदवार भण्डारी विजयी

    काठमाडौ, बैशाख ।

    बझाङ प्रदेशसभा १ को १ मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी हुनुभएको छ ।

    शनिबार भएको उपनिर्वाचनमा प्राप्त मत परिणामअनुसार भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभएको छ । यो भनेको उनीहरूबीच २६६ मतको अन्तर हो।

    यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३८ सय ३१ मतसहित तेस्रो स्थानमा र नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५ सय १४ मत प्राप्त गर्नुभएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, बैशाख १७ २०८१०१:५८:०६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology