बुटवल,बैसाख १६ ।
युगद्रष्टा दिवाकर ज्ञवाली स्मृतिग्रन्थ लोकार्पण कार्यक्रम शनिबार बुटवलमा सम्पन्न भएको छ। लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा।चन्द्र भण्डारीले देशको परिस्थिति बदल्न र मुलुक बनाउन सबै जुट्नै पर्ने अबस्था आएको बताउनुभयो।
‘मेरो नेता भने वितिकै सरलहोस्, सामाजिक उतरदायित्व बहन गर्ने सधारण होस्, सहयोगी होस् त्यस्तो ब्याक्तिले देश हाकोस् अनि मुलुक बन्छ अन्यथा देश बरबादी भन्दा अरु केहि हुन्न ।’ उहाँको भनाइ छ ।
लोकार्पण कार्यक्रममा बोल्दै पुर्व मन्त्री प्रदीप ज्ञवालिले युगद्रष्टा दिवाकर ज्ञवालि शिक्षक मात्रै नभई कुशल राजनीतिज्ञ पनि भएको बताउनुभयो। गुरु दिवाकर ज्ञवालीको स्मरण गर्दै अग्रेजि भाषामा उहा ठुलो अदुतिय बिद्ववान भएको र त्यो पन्चायतिकालमा विभिन्न भाषाका पुस्तकहरुलाइ नेपालिमा अनुबाद गरेर आफुजस्तै राजनितीक युवाहरूलाइ प्रदान गर्ने गरेको स्मरण गर्दै राजनितीक भुमिकामा अग्रणि भुमिकामा रहेको बताउनु भएको थियो।
श्रम प्रति उहाले सबैलाई जोडने प्रयत्न गरेको र समाजलाइ श्रम सग जोडेर लग्नु पर्छ भन्ने उदेश्यले उहाले खेलेको भुमिका उदाहरणीय रहेको स्मरण गर्नु भएको थियो। कार्यक्रममा दिवाकर स्मृति प्रतिस्ठनका अध्यक्ष भोजराज ज्ञवालिको अध्यक्षतामा भएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)