Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलमा २ करोड लगानीमा महालक्ष्मी स्वीट्स, १२० प्रकारका मिठाइ पाइने

बुटवलमा २ करोड लगानीमा महालक्ष्मी स्वीट्स, १२० प्रकारका मिठाइ पाइने

  • 1.4K
    SHARES

  • बुटवलमा २ करोड लगानीमा महालक्ष्मी स्वीट्स, १२० प्रकारका मिठाइ पाइने

    बुटवल,बैसाख १६ ।

    बुटवलको मिलनचोकमा महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको छ । मदुसुदन पाण्डे र पप्पुकुमार गुप्ताको २ करोडको लगानीमा महालक्ष्मी स्वीट्स सञ्चालनमा आएको हो ।स्वीट्सको औपचारिक शुभारम्भ भोली सोमबार हुँदैछ ।

    स्वीट्सका सञ्चालक पप्पुकुमार गुप्ताले गुणस्तरलाई ध्यानमा राखेर आफुहरुले सेवा दिने बताए ।अर्का सञ्चालक मदुसुदन पाण्डे शुद्ध मिठाईका परिकार र सत प्रतिशत शुद्ध शाहाकारी भोजनालय स्वीट्समा उपलब्ध हुने बताए ।

    गुणस्तरिय, शुद्ध मिठाई र शुद्ध शाकाहारीहरुका लागि स्वीट्समा २० प्रकारका नमकिन बनाईने बताए । हाल स्वीट्समा ३० जनाले रोजगारी पाएका छन् । ६० प्रकारका विभिन्न स्वादमा मिठाई पाईने उनको भनाई छ । ‘हामीले ग्राहकको माग भएमा १२० प्रकारका मिठाई दिन सक्छौ । त्यो बाहेक फापरको रोटी पनि हामीकहाँ पाउँछ’ उनले भने ।

    एकै पटकमा ४० जनाले सेवा लिन सक्ने गरी संरचना बनाइएको छ । स्वीट्सले उद्घाटनको अवसरमा एक महिना सम्म १० प्रतिशत छुट दिने बताएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology