Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

रुपन्देहीको रोहिणी गाउँपालिकामा क्लोथ बैंक सञ्चालनमा

रुपन्देहीको रोहिणी गाउँपालिकामा क्लोथ बैंक सञ्चालनमा

  • 1.4K
    SHARES

  • रुपन्देहीको रोहिणी गाउँपालिकामा क्लोथ बैंक सञ्चालनमा

    भैरहवा,वैशाख १६ ।

    रुपन्देहीको रोहिणी गाउँपालिकामा क्लोथ बैंक (कपडा बैंक) सञ्चालनमा आएको छ । क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना र रोहिणी गाउँपालिकाको सहकार्यमा क्लोथ बैंकको स्थापना गरिएको हो ।

    शनिबार एक कार्यक्रमकाबीच रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, उपाध्यक्ष शिवकान्ति हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम लगायतले संयुक्त रुपमाक्लोथ बैंकको उद्घाटन गरेका हुन् ।

    कार्यक्रममा बोल्दै गाउँपालिकाअध्यक्ष यादवले क्लोथ बैंकमाआएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनःप्रयोगमाल्याइने हुनाले जो कोहीले पनिप्रयोग गर्न मिल्ने बताए । उनले गाउँपालिकामा कपड़ा बैंकको स्थापनाले आगलागीको कारण पीडित बनेका परिवारलाइ कपडा वितरण गर्न पनि सहयोग पुग्ने बताए ।

    त्यस्तै गाउँपालिका  उपाध्यक्ष शिवकान्ति हरिजनले मानवीय सेवा गर्ने उद्देश्यका साथ यो क्लोथ बैंकको सुरुवात यस गाउँपालिकामा पनि गर्न पाएकोमा क्लोथ बैंक परिवारप्रति आभार प्रकट गरिन् । प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले प्रयोगमान आएका कपडाहरु क्लोथ बक्समार्फत संकलन गरिने र ती कपडाहरुलाई पुनःप्रशोधन गरी प्रयोगमाल्याउनमिल्ने गरी उपलब्धहुने भएकाले यो कार्य निकै प्रशंसनीय र परोपकारी रहेको बताए ।

    कार्यक्रममा रोहिणी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरी, नेकपा (एमाले) लुम्बिनीप्रदेश कमिटी सदस्य संजय कुमार गुप्तालगायतले बोलेका थिए । कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, विद्यालयव्यवस्थापन समितिकाअध्यक्षहरु, प्रधानाध्यापक, शिक्षक, युवा, विद्यार्थीलगायतको उपस्थिति रहेको थियो ।क्लोथ एण्ड फूड बैंक नेपालले प्रयोगमानआएका घरमा यत्तिकै रहिरहेका लत्ता कपडा संकलन गरी पुनःप्रशोधन गरेर आवश्यक पर्नेहरुकालागिनिःशुल्कवितरण गर्ने जनाएको छ ।

    क्लोथ एण्ड फूड बैंक नेपालकाअध्यक्षकमलजि.सी.ले रोहिणी गाउपालिकामापनि कपडा बैंकको थालनीसँगै आगलागी पीडितलाई लताकपडा प्रदान गर्ने गरी प्रमुखजिल्लाअधिकारीसँग समन्वयसमेत गरिरहेको बताए । उनले देशभरका पालिकातथाविभिन्न संघ–संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गरे ।

    मानव सेवाको लागिप्रयोगमानआएका कपडालाई पुनःप्रयोग भन्ने मूल नाराका साथनितान्तमानवीय सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकत्तम सेवालिन समेत उनले आग्रह गरे ।क्लोथ एण्ड फूड बैंक नेपालले हाल देशकाविभिन्न स्थानमाआगलागीका कारण पीडित भएका परिवारहरुलाइलक्षित गरी स्थानीयतहको समन्वय र सहकार्यमा पुनःप्रशोधन गरी तयार गरिएका लत्ताकपडा वितरण गरेको छ ।

    क्लोथ एण्ड फूड बैंक २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत सञ्चालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० स्थानीयतह यो अभियानमा जोडिएको अध्यक्ष कमल जि.सी.ले जानकारी दिए । शुभारम्भ कार्यक्रम दिप्लव क्षेत्रीको स्वागततथा सञ्चारकर्मी आविष्कार खनालको सञ्चालनमा सम्पन्नभएको थियो ।cloth bank.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology