Logo बिहिवार, आश्विन १ गते २०८३
images

नाडा लुम्बिनीद्वारा टेबुल क्यालेण्डर बिमोचन तथा शुभकामना आदान-प्रदान

नाडा लुम्बिनीद्वारा टेबुल क्यालेण्डर बिमोचन तथा शुभकामना आदान-प्रदान

  • 1.4K
    SHARES

  • नाडा लुम्बिनीद्वारा टेबुल क्यालेण्डर बिमोचन तथा शुभकामना आदान-प्रदान

    बुटवल,बैशाख १६।

    लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपालको नया वर्ष २०८१ को क्यालेन्डर बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।  कार्यक्रममा क्यालेन्डर बिमोचन गर्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री भुमिश्वर ढकालले  ब्यवसायीक हकहितसंगै सामाजिक कार्यमा नाडाको भुमिकाको प्रशंसा गरे ।

    अटो ब्यवसायीमा देखिएको समस्या समाधानका लागि विशेष पहल गर्ने प्रतिवद्धता जाहेर गर्दै उनले अटोपार्टसहरु आयातमा भन्सार दर कम गर्ने तथा स्वादेशमै उत्पादन गर्दा उपयुक्त हुने धारणा राखे । कार्यक्रममा नाडा प्रदेशका अध्यक्ष गणेश भट्टराईले संस्थाको स्थापना, भावि कार्यक्रम र योजनाबारे जानकारी गराउदै संस्थागत हितका लागि भवन निमार्णको काममा सरकारबाट सहयोगको अपेक्षा राखे ।

    कार्यक्रमका संयोजक कमल प्रसाद न्यौपानेले संस्थाको वार्षिक कार्ययोजना अनुसार नया वर्षको शुभकामना तथा क्यालेन्डर बिमोचन गरिएको बताए । संस्थागत रुपमा विभिन्न कार्यक्रमलाई जोड दिएर अघि बढेको उनले बताए । कार्यक्रममा नवनियुक्त मन्त्री ढकाललाई सम्मान समेत गरिएको थियो ।

    कार्यक्रममा संस्थाका विज्ञ सल्लाहकार गोपाल पाण्डे, कानुनी सल्लाहकार कृष्ण प्रसाद पाण्डे, कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष रोशन पाण्डे, महासचिव राम प्रसाद बेल्बासेले नाडा लुम्बिनीको कार्य सम्पादनमा नेतृत्वको प्रभावकारीताबारे प्रकाश पार्दै रचनात्मक कार्यमा जोड दिनुपर्ने बताए ।nada.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology