Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

  • 894
    SHARES

  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा लगानीसम्बन्धी अध्यादेश जारी

    काठमाडौँ,बैसाख १६ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन् ।

    राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    तेस्रो लगानी सम्मेलन आइतबारदेखि राजधानीमा सुरु भएको छ । नेपालमा लगानी गर्न चाहनेहरुलाई सहजीकरण गर्न  आवश्यक कानुनका लागि सरकारले अध्यादेश ल्याएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology