Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने

भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने

  • 1.1K
    SHARES

  • भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्ध औषधी खुवाइने

    काठमाडौं,बैसाख १५ ।

    सरकारले भोलिदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधी खुवाउने भएको छ। हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाउन लागिएको हो। 

    हात्तीपाइलेविरुद्धको औषधी सबैलाई खुवाउँदै आम औषधी सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.रुद्र मरासिनीले जानकारी दिए। यसअघि ती सात जिल्लामा औषधी सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न लागिएको हो। 

    अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ। अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार ८०० महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन्।

    निर्देशक डा. मरासिनीका अनुसार सात जिल्लाका १०१ स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउन थालिएको हो । दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधी खुवाउने उनले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology