Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रचण्डको दाबि : वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री रहन्नन् [फाेटाेफिचर ]

प्रचण्डको दाबि : वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री रहन्नन् [फाेटाेफिचर ]

  • 4.2K
    SHARES

  • प्रचण्डको दाबि : वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री रहन्नन् [फाेटाेफिचर ]

    बुटवल,पुस १४ । 

    संसद् विघटनविरुद्ध संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले देशव्यापी विरोध प्रदर्शन गरेको छ ।  

    भृकुटीमण्डपमा आयोजना गरिएको सभालाई नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।aandolan nekapa prachanda.jpg

    सो अबसरमा बोल्दै नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गरेका छन् ।ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे ।

    चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा नभएको आफूले थाहा पाएको उनले बताए ।छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुने उनले बताए । PRO_KTM_NEKAPABIRODH_SAVA20201222_2197.jpg

    बैसाखपछि उनी प्रधानमन्त्री पनि नरहने दाबी प्रचण्डले गरेका छन्। उनको भनाइ छ, नेपालको राजनीतिक इतिहासबाट उनको पत्तासाफ हुनेवाला छ। अनि उनैले श्री ३ महाराज हुन्छु भनेर सपना देखेर हुनेवाला हो र आजको नेपालमा ?

    उनले संसद् विघटन गरेर कलंकको टीका लगाएको पनि बताए। ‘सदन भंग भएको छैन। केपी ओलीको सरकारमात्रै भंग भएको हो। उनले यस्तो कदम चालेर कलंकको टीका लगाएका छन्। त्यो टीका कहिल्यै मेटिनेछैन,’ प्रचण्डले भने।

    ओली र उनको प्रवृत्तिको आयु सकियाे :माधव कुमार नेपालmankune.jpg

    नेकपा (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष माधव कुमार नेपालले निरंकुश बाटो समातेका केपी ओली र उनको प्रवृत्तिको आयु सकिएको बताएका छन् ।

    मंगलबार संसद विघटनविरुद्ध काठमाडौंमा भएको विशाल प्रदर्शनलाई सम्बोधन गर्दै नेता नेपालले केपी ओली र ओली प्रवृत्तिको आयु सकिएको बताएका हुन् ।ओलीले पुस ५ गते चालेको कदम जनभावना र राजनीतिक हिसावले उचित नभएको बताए । jhalanath.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology