Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा शान्ति समाजद्वारा बिराेध प्रदर्शन तथा दीप प्रज्वलन

बुटवलमा शान्ति समाजद्वारा बिराेध प्रदर्शन तथा दीप प्रज्वलन

  • 885
    SHARES

  • बुटवलमा शान्ति समाजद्वारा  बिराेध प्रदर्शन तथा  दीप प्रज्वलन

    बुटवल,बैसाख १२ ।

    मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले १८ औँ  लोकतन्त्र दिवसको अवसरमा बुटवलमा बिराेध प्रदर्शन तथा दीप प्रज्वलन गरेको छ ।

    बुटवल पुष्पलाल पार्कमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकार तथा शान्ती समाजका केन्द्रीय सल्लाहकार  गोविन्द खनालले पछिल्लो समयमा राजनीति दलले लोकतन्त्रको उपहास गरेको बताएका थिए ।

    जनताको बलिदानीबाट आएको लोकतन्त्रलाई आत्मसाथ गर्न नसक्दा अहिले राजनीतिक दलहरु प्रति वितृष्ण पैदा भएको उनको भनाई थियो । कार्यक्रममा नेपाल स्वयमसेवी रक्तदाता समाज का केन्द्रीय महासचिव कृष्ण चौहान क्षेत्री, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी लगायतले बोल्दै लोकतन्त्रको रक्षाको लागि सबै सचेत हुनुपर्ने बताएका थिए ।santi.jpg

    कार्यक्रममा समाजका जिल्ला अध्यक्ष खिम प्रसाद भट्टराई (कृष्ण), उपाध्यक्ष कपिल ज्ञवाली, सचिव कृष्ण पाण्डे लगायतले आ- आफ्नो भनाइ राखेका थिए । समाजले दागी नेताहरूलाइ कारबाहिका लागि बिराेध प्रदर्शन गरेको हाे । santi samaj.jpeg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology