कपिलवस्तु,पुस १४ -
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका नेता शंकर पोख्रेलले अर्को समुह (प्रचण्ड-नेपाल) ले अध्यक्ष ओली माथीको कारवाही फिर्ता लिने, अभियोगहरु खारेज गर्ने र निर्वाचनमा जान मन्जुर गरे मात्रै पार्टी मिल्न सक्ने बताउनु भएको छ ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिका स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न आउनु भएका पोख्रेलले पत्रकार भेटघाटका क्रममा ओली बिरुद्ध पेश भएको दस्ताबेजनै पार्टीको समस्याको मुख्य कारक रहेको बताउनुभयो ।
बिभाजन उद्धत गतिबिधी रोकि सहमतीका साथ निर्वाचनमा जान तयार भए मात्रै पार्टी मिल्न सक्ने पोख्रेलको स्पष्टोक्ति छ । प्रतिनिधीसभा पुर्नस्थापना अब राजनितिज्ञको हातमा नरहेकोले सर्वोच्चको निर्णय स्विकारेर जानुको बिकल्प नरहेको उहाँको कथन थियो ।
उता कार्यकर्ता भेलामा बोल्दै पोख्रेलले प्रधानमन्त्री ओलीका नाममा चुनावमा दुई तिहाई आए पनि अरुले सरकारको नेतृत्व खोजे पछि जनताका बिचमा जान संसद भंग गरिएको स्पष्ट पार्नु भयो ।
ओली नेतृत्वको सरकारको सफल कामका चर्चा गर्ने भन्दा पनि घेराबन्दी गर्ने गरि निराधार आरोप सहितका दस्ताबेज पेश गरिएकै कारण पार्टी समस्यामा परेको वहाँको भनाई थियो । जिल्ला अध्यक्ष झवि पोख्रेलको अध्यक्षतामा सम्पन्न भेलामा पार्टी नेता बलराम अधिकारी, बिमला घिमिरे, दिर्घ नारायण पाण्डेय लगायतले मन्तब्य दिएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)