Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

लुम्बिनी-मुक्तिनाथ धार्मिक मार्ग: बुटवलबाट १५० जनाको टोली मुक्तिनाथ प्रस्थान

लुम्बिनी-मुक्तिनाथ धार्मिक मार्ग: बुटवलबाट १५० जनाको टोली मुक्तिनाथ प्रस्थान

  • 1.0K
    SHARES

  • लुम्बिनी-मुक्तिनाथ धार्मिक मार्ग: बुटवलबाट १५० जनाको टोली मुक्तिनाथ प्रस्थान

    बुटवल,बैसाख ११ ।

    चीनको सिमाना कोरोला नाकासँगको धार्मिक पर्यटनको प्रवद्र्धन गर्न र लुम्बिनी मुक्तिनाथ धार्मिक मार्गको प्रचार गर्न बुटवलबाट १ सय बढी धार्मिक पर्यटकहरु मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका छन् । मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका धार्मिक पर्यटकहरुलाई आज एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले टिका लगाएर बिदाई गरे ।

    बुटवल १२ स्थित स्वामिनारायण मुक्तिनाथ धामदेखि कालिगण्डकीका विभिन्न धार्मिक पर्यटकीय स्थलहरुको अवलोकन र दर्शन सहित पवित्र धार्मिक पर्यटकिय स्थल मुस्ताङको मुक्तिनाथ दर्शन गर्न बुटवलबाट १ सय ५० जनाको टोलि मुक्तिनाथ प्रस्थान गरेको हो । मुक्तिनाथ धामका गुरु स्वामी लोकानन्द जी महाराजको नेतृत्वमा धार्मिक पर्यटकीय यात्रा शुरु गरिएको छ ।

    बिदाईका अवसरमा बोल्दै नगर प्रमुख पाण्डेयले बुटवललाई उत्कृष्ट विश्रामस्थल बनाउने, भारतका विभिन्न स्थलहरूबाट मुक्तिनाथ भ्रमणका लागि प्रचारप्रसार गर्ने र जसको केन्द्रबिन्दु तथा विश्रामस्थल बुटवललाई बनाउने उदेश्य रहेको बताए ।

    धार्मिक यात्राले बुटवलमा आउने पर्यटकको संख्या वृद्धी गर्न मदत पुराउने विश्वास ब्यक्त गर्दै बुटवलको मुक्तिनाथधाम र अरू धार्मिक, ऐतिहासिक पर्यटकीय स्थलको प्रवर्धनमा मद्दत पुग्ने बताए । उनले कोरोला नाकादेखि लुम्बिनीसम्मको यात्रा गर्न धार्मिक यात्राले प्रोत्साहित गर्ने पनि जनाए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology