Logo बिहिवार, आश्विन १ गते २०८३
images

सियारीमा रोजगारीको अबसर खोज्न रोजगार संवाद मञ्च सञ्चालन

सियारीमा रोजगारीको अबसर खोज्न रोजगार संवाद मञ्च सञ्चालन

  • 1.3K
    SHARES

  • सियारीमा रोजगारीको अबसर खोज्न रोजगार संवाद मञ्च सञ्चालन

    भैरहवा, बैशाख ९।

    रुपन्देहीको सियारी गाउँपालिकामा रोजगार सेवा केन्द्रले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले सियारीका अधिकांश बिद्यालय तथा सार्वजनिक स्थानको स्वरुप नै परिवर्तन भएको छ ।

    कार्यक्रम सञ्चालन गर्नुपुर्व अव्यवस्थित देखिएका बिद्यालय तथा सार्वजनिक स्थान अहिले हरियाली र सुन्दर देखिएका छन् ।रोजगार सेवा केन्द्रले सियारीका केहि स्कुलमा शुरु गरेको हरित बिद्यालय कार्यक्रम सहजीकरण तथा भवन संरचना व्यवस्थापन कार्यक्रमले बिद्यालयको मुहार नै फेरिएको छ भने कार्यक्रम शुरु गरिएका सार्वजनिक स्थान समेत सफा र सुन्दर देखिएका छन् ।
    रोजगार सेवा केन्द्रले पालिका भित्रमा रहेका रोजगारीको क्षेत्रमा रहेका अबसर तथा संभावनाको पहिचान गने उद्धेश्यले रोजगार संवाद मञ्च समेत सञ्चालन गरेको छ ।

    रोजगार केन्द्रमा सुचिकृत बेरोजगार व्यक्तिहरुलाई दक्षता र सिप अनुसार पालिका भित्रका नीजि, गैरसरकारी, सरकारी तथा आबश्यक क्षेत्रमा पहिचान गर्ने तथा समस्याहरुको निदान र रोजगारी श्रृजनाका नविनतम उपाए एंव ढाँचा तथा बिधिहरुको बिकास गर्ने उद्धेश्यले रोजगार संवाद मञ्च सञ्चालन गरिएको रोजगार संयोजक श्रृजना भुषालले जानकारी दिईन ।

    उनले संघिय, प्रदेश र स्थानिय निकायबाट सञ्चालन हुने बिकास निर्माण सम्बन्धी कार्यक्रमहरु वीच समन्वय र सहकार्य गर्दै बेरोजगारीको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्नका लागि रणनीति, कार्यनीति, योजना तथा कार्यक्रम कार्यन्वयन गर्नका लागि संवाद मञ्च सञ्चालन गरिएको बताईन ।

    सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले रोजगारीका सम्भावनाको खोजी गर्दै बिरोजगार युवायुवतीलाई रोजगारीमा जोड्ने गरी काम गरिएको बताए ।

    सियारीमा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बेथरी बेलवास सडक खण्डको सुन्दरीकरण, बिभिन्न स्थानमा खानेपानीको पाईप लाईन बिस्तार, हरित बिद्यालय सुन्दरीकरण लगाएतका कार्यक्रम सञ्चालन छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology