Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाको साधारण सभा तथा सम्मान

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाको साधारण सभा तथा सम्मान

  • 972
    SHARES

  • नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाको साधारण सभा तथा सम्मान

    तिलोत्तमा,बैशाख ८।

    नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाको तेस्रो साधारण सभा बनबाटिकामा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गोबिन्द भुसालको अध्यक्षता तथा समाजका केन्द्रीय महासचिव तथा रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहान प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा रक्तदान गर्ने कार्य समाजको अभिन्न कार्य भएकोले सबैको रक्तदानमा चासो हुनुपर्ने सरोकारवालाहरुले बताएका थिए।

    सो अवसरमा बोल्दै प्रमुख अतिथि समाजका केन्द्रीय महासचिव तथा रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहानले निशुल्क बाड्ने भनेर ठुलो नाक बनाएर हिड्ने स्थानिय तहले रक्तदाताहरुलाई बेवास्ता गरेको बताए। तिलोत्तमा नगरपालिकालाई उदृत गर्दै उनले अन्य पालिका बाट केहि सहयोग आएको भएपनी रक्तादाताको सम्मान र सहयोगमा तिलोत्तमा नगरपालिका चुकेको बताए।

    स्थानिय तहले अझ बढी सहयोग गर्नुपर्नेमा करिव २६ लाखको निस्शुल्क रगत दान गरेका रक्तदाता प्रती सधै उदार रहेको प्रति दुस्खेसो पोखे। छोटो समयमै तिलोत्तमामा रहेर समाजले धेरै सामाजिक कार्य गर्दै आएको भन्दै उनले यस्ता संस्थालाई दिल खोलेर सहयोग गर्न सबैलैई आग्रह समेत गरे।  

    कार्यक्रममा संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष भुसालले छोटो समयमै समाजप्रती सबैको सहयोग पाएको प्रति खुसी व्यक्त गरेका छन्। सहयोगी, आजीवन सदस्य,नियमित रक्तदाता, कार्यक्रममा सहभागीलाई उनले सदैव सहयोगको अपेक्षा समेत गरेका छन्। साधारण सभामा आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै समाजका  कोशाध्यक्ष भेसराज आचार्यले समाजप्रती सबैले देखाएको सहयोगको भावनाको कदर गरेका छन्। कार्यक्रममा समाजमा आजीवन सदस्य बन्ने र सहयोग गर्ने सहयोगी व्यक्तित्वहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो भने नियमित रक्तदान गर्ने , समाजको हरेक क्रियाकलापमा सहयोग गरेन सबैलाई सम्मान तथा कदर र प्रशंशा पत्र प्रदान गरिएको थियो।

    कार्यक्रममा पुर्व तिलोत्तमा(४ का वडाअध्यक्ष दिवाकर ढकाल, जागृति सहकारीका अध्यक्ष लोकनाथ पाण्डे, जागृति युवाक्लबका अध्यक्ष बिदुर केसी, संस्थाका सस्थापक अध्यक्ष अर्जुन पौडेल लगायतले शुभकामना मन्तव्य राख्दै समाजले गरेको कामको प्रशंसा गरेका थिए। साधारण सभामा भएको विभिन्न एजेन्डा र महत्वपूर्ण सुझावहरुलाई समाजले बन्द शत्रमा टुंग्याएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, बैशाख ८ २०८११०:२८:२४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology