बुटवल, वैशाख ८ ।
गुल्मी बम्घा– रूपन्देही सम्पर्क समाजले नववर्ष २०८१ को शुभकामना आदान–प्रदानसँगै रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन भएको छ ।
संकलित सो रगत ब्लड बैंक बुटवललाई हस्तान्तरण गरिएको रक्तदान कार्यक्रमका संयोजक राजु ज्ञवालीले बताउनुभयो । सो अवसरमा सम्पर्क समाजका अध्यक्ष कृष्णप्रसाद भण्डारीलगायत ३५ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमअघि नववर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो । सो अवसरमा स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहानले रगत दान गरेर अरूको जीवन बचाउनु सबैभन्दा महान् र पवित्र कार्य भएको बताउनुभयो ।
सो अवसरमा समाजका पूर्व अध्यक्ष देवी गिरी,बलेटक्सार रूपन्देही सम्पर्क समाजका पूर्व अध्यक्ष हेम थापा, बम्घा सम्पर्क समाजका उपाध्यक्ष रूद्रप्रसाद ज्ञवाली लगायतले बोल्दै सम्पर्क समाजले आगामी दिनमा सामाजिक सेवाभावका कामलाई निरन्तरता दिने बताउनुभएको थियो ।सो कार्यक्रममा सम्पर्क समाजका नवनिर्वाचित कमिटीका पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।
कार्यक्रम सम्पर्क समाजका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद भण्डारीको सभापतित्व र सचिव प्रकाश श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)