Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

डाँफे इन्टरनेशनल ट्रेड प्रालिद्वारा थप सुविधा सहित सेवा विस्तार

डाँफे इन्टरनेशनल ट्रेड प्रालिद्वारा थप सुविधा सहित सेवा विस्तार

  • 1.3K
    SHARES

  • डाँफे इन्टरनेशनल ट्रेड प्रालिद्वारा थप सुविधा सहित सेवा विस्तार

    बुटवल, बैशाख ८ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित जानकीनगरबाट सेवा प्रदान गर्दै आएको डाँफे इन्टरनेशनल ट्रेड प्रा।ली थप सुविधा सहित सेवा विस्तार गरेको छ । प्रालीले बैशाख ९ गते आइतबार देखी  जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउसको शुभारम्भ सँगै सेवा बिस्तार गर्न लागेको हो ।

    उपभोक्तालाई एउटै छानोमुनि सबै खालका इलेक्ट्रोनिक्स सामाग्री उपलब्ध गराउने गरी डाँफे इलेक्ट्रोनिक्स हाउस संचालनमा ल्याउन लागिएको संचालक बासुदेव शर्माले जानकारी दिए । उनले घरमा प्रयोग हुने सबै इलेक्ट्रोनिक्स सामान खोज्न अन्यत्र धाई राख्नुपर्ने बाध्यतालाई हटाउने गरी हाउस संचालनमा ल्याइएको बताए ।

    डाँफे इलेक्ट्रोनिक्सले शनिबार बुटवलमा पत्रकार सम्मलेन गर्दै सात करोडको लगानमा हाउस संचालनमा ल्याएको बताएको हो । इलेक्ट्रोनिक्स हाउसका अध्यक्ष डम्बरदेव अर्यालले एलजी, सिजी, सामसुङ्ग, स्टेला लगायतका विभिन्न ब्रान्डका इलेक्ट्रोनिक्स सामाग्रीको होलसेल र रिटेल गरी छुटाछुटै युनिटबाट बिक्री बितरण गरिने बताए । उनले हाउसको शुभारम्भको अवसरमा हरेक सामाग्रीमा २० देखी ४० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको बताए । 
    यस क्षेत्रका पाँच जना युवा उद्यमीहरु डम्बरदेव अर्याल, बासुदेव शर्मा, बिजय पाण्डे, सुवास नेपाल र गोपाल शर्मा को सयुक्त लगानीमा सुरु भएको ट्रेडले सेवा बिस्तार सँगै डाँफे इलेक्ट्रोनिक्स हाउसबाट थप स्तरीय सेवा प्रदान गर्न लागीएको हो ।

    डाँफे इन्टरनेशनल टे«ड बिक्रम सम्वत २०७४ सालमा स्थापना भई विभिन्न ब्रान्डका डिलरको रुपमा सेवा दिदै आएको छ भने इलेक्ट्रोनिक्स हाउस मार्फत विभिन्न ब्रान्डका इलेक्ट्रोनिक्स उपकरणहरु रिटेलमा बिक्रि बितरण गरिने बताईएको छ । डाँफे हाउसबाट सेवा लिएकाहरु लर्य सामाग्रीको बिक्रि पछिको सेवा समेत निशुल्क रुपमा उपलब्ध हुनेछ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology