Logo बिहिवार, आश्विन १ गते २०८३
images

दाङमा आगलागी एक जेष्ट नागरिकको मृत्यु,दुई घर र एक गोठ जलेर नष्ट

दाङमा आगलागी एक जेष्ट नागरिकको मृत्यु,दुई घर र एक गोठ जलेर नष्ट

  • 1.1K
    SHARES

  • दाङमा आगलागी एक जेष्ट नागरिकको मृत्यु,दुई घर र एक गोठ जलेर नष्ट

    दाङ, बैशाख ७ ।

    दाङको लमहीमा घरमा आगलागी हुँदा एक जना जेष्ट नागरिकको मृत्यु भएको छ ।लमही नगरपालिका – ९ तरूलियाका ८७ वर्षीय बिरबहादुर बोटेको आगलागीका कारण मृत्यु भएको हो ।

    बिहीबार बेलुका ५ बजेतिर स्थानीय बिरबहादुरको गोठबाट आगो सल्किएको थियो । इलाका प्रहरी कार्यालय अमिलिया प्रहरी प्रमुख प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठका अनुसार केटाकेटीले लाइटर खेलाउने क्रममा खरको छानो युक्त गोठमा आगो सल्किएको खुलेको छ । आगो सल्किएर बिरबहादुरको घरसम्म पुगेको थियो ।aago (2).jpg

    आगो घरमा सल्किरहेको समयमा बिरबहादुर पैंशाको बाकस निकाल्न घर भित्र छिरेका थिए । पैंशाको बाकस निकालेर आइ सकेपनि फेरि उनी तोरीको बोरा निकाल्न घर भित्र प्रबेश गरेका थिए । सोही क्रममा उनी निसास्एिर लडेको र  जलेर मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।  त्यो घटना प्रहरी पुग्नु भन्दा पहिलै भएको थियो ।

    बिरबहादुरको गोठबाट सल्किएको आगो जितबहादुर बोटेको घरसम्म फैलिएको थियो । आगलागी बाट दुई घर र एक गोठ जलेर नष्ट भएका छन् । जितबहादुर बोटेको घरको केही सामान भने निकाल्न संभव भएको प्रहरीले बताएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल आगो नियन्त्रणमा लिनका लागि आएका थिए ।

    आगो पूर्णरुपमा नियन्त्रणमा लिन राति साढे ११ बजेतिर मात्रै संभव भएको प्रहरीले जानकारी दिएको छ ।aago (1).jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology