Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

जापानमा रहेका बिजय कार्कीले जन्मदिनमा गरे खाद्यान्न सहयोग

जापानमा रहेका बिजय कार्कीले जन्मदिनमा गरे खाद्यान्न सहयोग

  • 2.2K
    SHARES

  • जापानमा रहेका बिजय कार्कीले जन्मदिनमा गरे खाद्यान्न सहयोग

    बुटवल,बैसाख ४ ।

    रोजगारीको शिलशिलामा जापानमा रहेका रुपन्देहीको सैनामैनाका बिजय कार्कीले मानब सेवा आश्रम बुटवलमा खाद्यान्न  सहयोग गरेका छन् । जन्मदिनको अवसर पारेर बिदेशमा रहेका कार्कीले सानो सहयोगबाट केहि राहत होस् भन्ने उद्धेश्यले जन्मदिनको अवसर पारि सहयोग गरेको नागरिक अनलाइनलाई जानकारी दिए ।

    उनले मानब सेवाका आश्रममा रहेका गरिब दुखी अनाथ र असाहायहरुलाई केहि राहत मिलोस भन्ने उद्धेश्यले करिब १० हजार बराबरको खाद्यान्न सामाग्री सहयोग गरिएको बताए ।

    बुटवलमा भएको कार्यक्रममा बोल्दै युवा समाजसेवी सिजन पौडेलले जन्मदिनको अवसरमा बिजयले बिदेश भएरपनि आफूमार्फत मानब सेवा आश्रममा सहयोग गर्ने अबसर प्रदान गरेकोमा धन्यबाद व्यक्त गरे । पौडेलका अनुसार कार्कीले चामल, दाल, तेल, चना, चाउचाउ लगायतका सामग्री सहयोग गरेका हुन् । आगामी दिनमा पनि यस्ता सहयोगलाई निरन्तरता दिनसमेत उनले आग्रह गरे ।

    उनले गतबर्ष पनि जन्मदिनमा यसैगरी आश्रममा सहयोग गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, बैशाख ४ २०८१०८:५१:५४

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology