Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

डढेलो निभाउने क्रममा लडेर एक जनाको मृत्यु

डढेलो निभाउने क्रममा लडेर एक जनाको मृत्यु

  • 1.3K
    SHARES

  • डढेलो निभाउने क्रममा लडेर एक जनाको मृत्यु

    बुटवल, वैशाख ४ ।
    गुल्मीको जंगलमा लागेको डढेलो निभाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ।मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको डढेलो निभाउने क्रममा स्थानीय ५८ वर्षीय महले घर्तीको मृत्यु भएको हो।

    सोमबार बिहान साढे ११ बजेतिर लागेको डढेलो निभाउन गएका घर्ती आफूतर्फ आगोको ठूलो मुस्लो आएपछि भाग्दा लडेर गम्भीर घाइते भएका थिए।

    सल्लाघारीबाट १५० मिटर तल खसेका घर्तीलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल तम्घास पुर्याएकोमा चिकित्सकले साढे २ बजेतिर मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

    घर्तीसँगै सल्लाघारीबाट लडेका स्थानीय ५२ वर्षीय रेसम थापा घाइते छन्। थापाको तम्घास अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology