Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

माटोको ढिस्कोमा पुरिएर दाङमा दुई बालकको मृत्यु

माटोको ढिस्कोमा पुरिएर दाङमा दुई बालकको मृत्यु

  • 3.4K
    SHARES

  • माटोको ढिस्कोमा पुरिएर  दाङमा दुई बालकको मृत्यु

     दाङ,बैसाख २ ।

    दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँका १२ वर्षीय माधव चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिएका छन् ।

    आन्द्राभरैयाका ४ बालक बबई नदी किनारमा खेल्न गएका बेलामा उनीहरू माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार आइतबार दिउँसो खेल्न गएकामध्ये तीन बालक खाल्डोमा पुरिएकामा एक जनाको भने सकुशल उद्धार गरिएको थियो ।   

    दुई बालकको गाउँलेले उद्धार गरी राप्ती स्वास्थ्य विज्ञान घोराहीमा उपचारका लागि लगिएकामा अस्पतालले मृत घोषणा गरेको हो । उनीहरूको शव अहिले परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको प्रहरीले जनाएको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, बैशाख ३ २०८११०:१०:३३

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology