बुटवल, बैशाख २ ।
रुपन्देहीको तिलोत्तमामा आज विहान बस दुर्घटनामा परेको छ । दुर्घटनामा कुनै पनि मानवीय क्षति हुनबाट भने भएको छैन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) लक्ष्मी खनालका अनुसार बा ४ ख ४८६ नम्बरको बस विहान करिब ५ बजे दुर्घटनामा परेको हो । विरगञ्जदेखि भैरहवाका लागि आएको उक्त बस आफै अनियन्त्रीत भई तिलोत्तमा १५ कोटिहवामा सडक छेउको रेलिङमा ठोक्किएको थियो ।
बसमा सवार १९ जना यात्रु सकुशल रहेको र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको डिएसपी खनालले बताइन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)