Logo बिहिवार, आश्विन १ गते २०८३
images

नेपाल नगरपालिका कर्मचारी एशोसिएसनद्वारा शुभकामना आदान प्रदान

नेपाल नगरपालिका कर्मचारी एशोसिएसनद्वारा शुभकामना आदान प्रदान

  • 1.1K
    SHARES

  • नेपाल नगरपालिका कर्मचारी एशोसिएसनद्वारा शुभकामना आदान प्रदान

    बुटवल,बैसाख १ ।

    नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति बुटवल उपमहानगरपालिका आयोजनामा आज नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान गरिएको छ ।

    उक्त कार्यक्रम नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति बुटवल उपमहानगरपालिका अध्यक्ष अनिल कुमार माण्डव्यको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। 

    कार्यक्रमको संचालन नेपाल नगरपालिका कर्मचारी एशोसिएसन इकाई समिति बुटवलका सचिव रेश्मीराज घिमिरेले गरेका थिए। । कार्यक्रममा विशिष्ट अतिथि उपप्रमुख सावित्रा अर्याल , बुटवल उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तुलसा अर्याल, एशोसिएसनका केन्द्रीय महासचिव सितु प्रसाद श्रेष्ठ र वडा न १३ का अध्यक्ष नारायण पुन  लगायत शुभकामना मन्तब्य राखेको थिए ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले बुटवल उपमहानगरपालिका प्रचारमा होइन देशभरिका पालिकाहरु भन्दा अब्बल हिसाबले कामकाज गरि रहेको बताए । उनले नववर्षको पुर्व सन्ध्यामा सबै जनप्रतिनिधि कर्मचारीहरुले नगरको विकासको दृढ संकल्पका साथ अगाडि बढ्नुपर्ने बताए। उपप्रमुख सावित्रा अर्यालले बुटवलमा गत दुई वर्षको कार्यकालमा देख्न लायक कामहरु सम्पन्न भएको बताउदै आगामी दिनहरूमा समेत जनप्रतिनिधि र कर्मचारीहरुले जनचाहना अनुरुप बुटवल समृद्धि यात्रामा अहोरात्र खटिन आग्रह गरिन्।

    सो कार्यक्रममा  एशोसिएसनका केन्द्रीय सदस्य ज्ञान प्र अयार्ल, ठगिश्वर पोखरेल, पुर्व अध्यक्षहरु माधव वश्याल र तथा नगर सभा सदस्यहरु तथा उपमहानगरपालिका सबै महाशाखा शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो । सोही कार्यक्रममा क्यालेण्डर बिमोचन समेत गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology