Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

चारपाला पूर्व सैनिक कल्याणकारी क्लवको बार्षिकोत्सव तथा एघारौँ साधारणसभा सम्पन्न

चारपाला पूर्व सैनिक कल्याणकारी क्लवको बार्षिकोत्सव तथा एघारौँ साधारणसभा सम्पन्न

  • 963
    SHARES

  • चारपाला पूर्व सैनिक कल्याणकारी क्लवको बार्षिकोत्सव तथा एघारौँ साधारणसभा सम्पन्न

    बुटवल,चैत्र ३० ।

    चारपाला  पूर्व सैनिक कल्याणकारी क्लवको ३०औँँ बार्षिकोत्सव तथा एघारौँ साधारणसभा सम्पन्न भएको छ ।

    बुटवल १२ तामनगरमा रहेको चारपाला  पूर्व सैनिक कल्याणकारी क्लवको भवनमा भएको साधारणसभामा बोल्ने बक्ताहरूले भुपुहरू एकजुट भएर समाज रूपान्तरणमा लाग्नुपर्ने बताए ।puran.jpg

    उनीहरूले आफुहरुलाइ सरकारले भूमिका दिए जस्तोसुकै काममा योगदान गर्न तयार रहेको उल्लेख गरे । सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भुपु सैनिकको पहिचान नै अनुशासन तथा सरसफाइ रहेको भन्दै विकास निर्माणमा भुपु सैनिकको भुमिका रहेको बताए ।मुलुकको बिकासमा भुपुहरूको योगदान ठुलो रहेको उहाँको भनाइ छ ।vupu s.jpg

    कार्यक्रममा स्मारिका दर्पण बिमोचन समेत गरिएको छ । संस्थाका अध्यक्ष एवं जोनल मेम्बर सुबदार मेजर पुरन शाहीको अध्यक्षतामा भएको कार्यक्रमका अवसरमा कांग्रेस नेता उदयराज काफ्ले,महासंघका महासचिव कुलबहादुर केसी,क्या किसन थापा लगायतले बोलेका थिए ।

    कार्यक्रममा बिद्यार्थी,जेष्ठनागरिकहरुलाइ दोसल्ला,सम्मानपत्रले सम्मान प्रदान गरिएको छ । कार्यक्रममा अध्यक्ष शाही, कोषाध्यक्ष शम्शेर बहादुर थापा,लेखा समिति संयोजक सुबेदार घनश्याम पन्थीको प्रतिबेदन पारित गरिएको छ ।सुबेदार धनबहादुर थापाको स्वागतमा भएको कार्यक्रमको संचालन सचिव हिमलाल थापाले गरेका थिए ।
    ६

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology