Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पत्रकार महासंघ र प्रेस युनियनबिच ३ बुँदे सहमति : शिव लम्साल

पत्रकार महासंघ र प्रेस युनियनबिच ३ बुँदे सहमति : शिव लम्साल

  • 2.5K
    SHARES

  • पत्रकार महासंघ र प्रेस युनियनबिच ३ बुँदे सहमति : शिव लम्साल

    बुटवल,चैत्र २८ ।

    नेपाल प्रेस युनियन केन्द्रीय समितिले नेपाल पत्रकार महासंघको सदस्यता टुंगो नलागेसम्म कुनै पनि तहको अधिवेशन नर्गन भन्दै शुरु गरेको ध्यानाकर्षण सहितको अभियान ३ बुँदे सहमतिमा टुंगिएको छ  ।

    प्रेस युनियन रुपन्देहीको स्वागत तथा छलफल कार्यक्रममा बोल्दै युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले युनियन र महासंघबिच सहमति भएको बताउनुभयो । महासंघलाइ सबैको साझा बनाउनुपर्ने उहाँको धारणा छ ।

    महासंघका केन्द्रीय नेतृत्व र युनियनका केन्द्रीय नेतृत्ववीच भएको संवादको क्रममा महासंघको विधानत व्यवस्था अनुरुप अधिवेशन सम्पन्न गर्ने , विधानमा भएको कमीकमजोरी संशोधन गर्ने र निर्वाचनको हकमा भने महाधिवेशन सकिएको ३ दिनभित्र सदस्यता नामावली टुंगो लगाएर सार्वजनिक गर्ने साथै सदस्यता टुगो नलागेसम्म निर्वाचनको कुनै पनि कार्यक्रम तय नगर्ने सहमति भएको हो ।

    सो अवसरमा प्रेस युनियनका जिल्ला,प्रदेश केन्द्र तथा महासंघका जिल्ला प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने युनियनकर्मीको सहभागिता रहेको थियो । जिल्ला अध्यक्ष कबिन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology