Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलको ‘प्लान बि ’मा न्यू इयर ईभ हुने,२० कलाकारले झुमाउने

बुटवलको ‘प्लान बि ’मा न्यू इयर ईभ हुने,२० कलाकारले झुमाउने

  • 1.4K
    SHARES

  • बुटवलको ‘प्लान बि ’मा न्यू इयर  ईभ हुने,२० कलाकारले झुमाउने

    बुटवल,चैत्र २७ ।

    बुटवलको प्लान बिमा नेपाली नयाँ वर्ष २०८१ विशेष ईभ हुने भएको छ।

    इभेन्ट बटौली र निर्विकल्पको आयोजनामा चैत ३० गते शुक्रवार हुने ईभमा गायिका रचना दाहाल र टिम तथा भारत सिक्किमबाट गायक शल्युन लामा आउने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो।पत्रकार सम्मेलनमा बोल्दै इभेन्ट बटौलीका अध्यक्ष मनिश लामाले यी दुई कलाकारहरू नै बुटवलमा पहिलो पटक आउन लागेको बताउँदै दर्शकहरूले एकै पटक दुई कलाकारहरूबाट मनोरञ्जन प्राप्त गर्ने उल्लेख गरे।

    निर्विकल्पका अध्यक्ष  पुरुषोत्तम केसीले गायिका रचना बुटवलमा पहिलो पटक आउन लागेको र लामा नेपालमै पहिलो पटक आउन लागेको जानकारी गराए। उनले रचनाको टिममा १४ र लामाको टिममा ६ जना गरी २० जना कलाकारहरूले ७ घण्टा सम्म मनोरञ्जन दिलाउने उल्लेख गरे।इभमा डान्स तथा अन्य प्रोफर्मेन्सहरु हुनेछन्।

    अहिले प्रवेश टिकटहरू अनलाइन प्रतिव्यक्ति १ हजारमा बिक्री बितरण भइरहेको बताउँदै कार्यक्रमको दिनमा प्रतिव्यक्ति १५ सय रुपैयाँ तोकिएको कार्यक्रम संयोजक सुजन थकालीले जानकारी दिए।कार्यक्रममा १२ सय भन्दा माथि दर्शकको उपस्थिति रहने अपेक्षा सहित गरिएको कार्यक्रम साँझ ८ बजे देखि बिहान ३ बजे सम्म सञ्चालन हुनेछ।यो कार्यक्रम सम्पन्न गर्न १५ लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ।

    कार्यक्रम सम्पन्न पश्चात् मुनाफाबाट केही रकम दृष्टिबिहिनरुलाइ सहयोग गरिने आयोजकले जनाएको छ।विगत ३ वर्षयता सञ्चालनमा आइरहेको प्लान बि रेस्टो बार पछिल्लो सम्म युवायुवती माझ निकै लोकप्रिय बन्दै गएको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology