बुटवल,चैत्र २७ ।
जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले १४औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको छ ।सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप निर्देशक जिवन प्रकाश पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका उप निर्देशकले १४औं वार्षिकोत्सवको उपलक्ष्यमा शुभकामना दिदै नेपालमा रहेका लघुवित्तहरु मध्ये जनउत्थान सामुदायिक लघुवित्तको उदेश्य तथा लक्षित समुदाय अलि फरक रहेको बताए । कार्यक्रममा सञ्चालक तथा पूर्व अध्यक्ष रेवन्त बहादुर विश्वकर्मा, सञ्चालक मान बहादुर विश्वकर्मा (एम.बी), संस्थापक जोगलाल विश्वकर्मा, संस्थापक माधव प्रसाद नेपाल, वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री सुनिल कुमार रायले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष बाबुराम बिश्वकर्माले १४औं वर्ष सम्म यस संस्थालाई साथ र सहयोग गर्नुहुने नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकाय तथा सरोकारवाला निकायहरु प्रति हार्दिक आभार प्रकट गर्नु भयो ।
सोही कार्यक्रममा विभिन्न बैंकिङ्ग समुदायबाट प्रतिनिधत्व गरी आउने सदस्यहरुले सफलताका कथा, कविता, गित तथा सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत सूर्य प्रसाद उपाध्यायले गुर्न भएको थियो ।
कार्यक्रम सञ्चालन भरत कुमार रसालीले गर्नु भएको थियो ।संस्थाका ३९ वटै शाखा कार्यालयहरु मार्फत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सामाजिक क्रियाकलापहरुहरु अपाङ्गता भएका छात्र, छात्राहरु, जेहन्दार तथा गरीव बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि शैक्षिक सामाग्री वितरण लगायतका काम भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री सुनिल कुमार रायले गराउनु भयो ।वित्तीय संस्थाले पर्सादेखि कञ्चनपुर सम्मका ११ वटा तराईका जिल्लाहरु र थप ८ वटा पहाडी जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय मार्फत करिव ४५ हजार समुह सदस्यहरुका माझ सेवा पु¥याउदै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)