Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

बुटवलमा जारी मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा रुपेशको अग्रता

बुटवलमा जारी मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा रुपेशको अग्रता

  • 921
    SHARES

  • बुटवलमा जारी मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा रुपेशको  अग्रता

    काठमाडौँ, चैत २६ ।

    नेपालका एफएम रुपेश जैसवालले बुटवलमा जारी मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा एकल अग्रता लिनुभएको छ ।रुपेशले अमेरिका, भारत र बङ्गलालादेशका खेलाडीलाई पछि पार्दै एकल अग्रता कायम गर्नुभएको हो । सात चरणको खेल सकिदा रुपेशले स्थानीय चार खेलाडी सहित पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईं, भारतका रिशव निशादलाई पराजित गर्नुभयो । भारतका सुदिरकुमार सिन्हासँग बराबरी खेल्नुभएका रुपेशको ६.५ अङ्क छ ।chess game.jpg

    यस्तै नेपालका सिएम सजिन महर्जन ६ अङ्कसहित दोस्रो स्थानमा रहनुभएको छ । महर्जनले अमेरिकन वेभर सिया, भारतका निलेश कुमार, भारतकै विनायक यादव, नेपाली भवेष डंगोरिया र गोविन्द खड्कामाथि जित निकाल्नुभयो । उहाँले नेपालका सुदिप तामाङ र भरतका दिव्यांशुसँग बराबरी खुल्नुभएको थियो । 

    बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा भारतमा सुधीरकुमार सिन्हा र रिशव निसादले पनि समान ६ अङ्क बनाउनुभएको छ । प्रतियोगिताका उच्च रेटेड बङ्गलादेशकासिएम एमडी जमाल उद्दिन ५.५ अङ्क बनाउनुभएको छ ।

    मङ्गलबारसम्म चल्ने प्रतियोगितामा एक सय ४२ खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको कूल पुरस्कार राशि १० लाख एक हजार रुपियाँ रहेको प्रतियोगिताका संयोजक माधव प्रसाद प्रधानले जानकारी दिनुभयो । 

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • सोमवार, चैत्र २६ २०८००८:५६:२५

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology