बुटवल,चैत २६ ।
ब्यबस्थापन विषयको अग्रणी सस्था एम्स कलेज, बुटवलले २१औ शताब्धीमा ब्यवस्थापन विषयको उपयोगिता एवम सान्दर्भिकता विषयमा सेमीनार सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख प्रशिक्षक टोरेन्टो विश्वविद्यालय, क्यानडा, लुम्बिनी विश्वविद्यालय, नेपालका भिजिटिङ्ग प्रोफेसर एवम इस्ट वेस्ट युनिभर्सिटि, ढाका, बङ्ग्गलादेशका प्रोफेसर विजोय प्रसाद बरुवाले आजको विश्व परिवेशमा ब्यवस्थानका विद्यार्थिहरुका लागी हरेक क्षेत्रमा प्रसस्त अवसर रहेको वताउनु भयो । ब्यवसायिक ज्ञानलाई अझै फराकिलो र ब्यवहारीक बनाउन विद्यार्थिहरुलाई बाङ्गालादेशका युनिभर्शिटी लैजान र त्यहाका ब्यबसायिक वातावरण सङ्ग परिचित गराउन आफुले समान्वय गर्ने वताउनुभयो ।
त्यसैगरी कार्यक्रममा लुम्बिनी विश्वविद्यालयका कार्यकारी निर्देशक उकेशराज भुजु, लुम्बिनी पर्यटन विकाश परिषदका कार्यकारी प्रमुख रामु जोशीले पर्यटन, कृषि, ब्यबसाय उद्यमशिलताका लागी ब्यबस्थान विषयका को खेल्नुपर्ने भूमिकाको बारेमा प्रष्ट पार्नुभयो ।
कार्यक्रमको अध्यक्षता गर्दै स्कलर्स होमका स्कुलका प्राचार्य बाबुराम बन्जाडेले विद्यार्थिहरुलाई अन्तर्राष्ट्रिय ब्यवसायिक गतिविधिमा आफुलाई जोडन शिर्जनशिल र चनाखो हुन आह्वान गर्नुभयो । त्यसका लागी कलेजले वातावरण बनाईदिने जानकारी गराउनुभयो ।
कार्यक्रमामा स्वागत मन्तब्य राख्दै कलेज प्रमुख दीपक ढकालले आगामी दिनमा कलेजका विद्यार्थिहरुलाई अझै बढी प्रतिस्पर्धी र क्षमतावान बनाउन विदेशी विद्यालय सङ्ग जोड्दै लैजाने वताउनुभयो । कलेजका विद्यार्थि एलीजा थापाको सन्चालनमा सम्पन्न कार्यक्रममा ६५ जाना विद्यार्थिहरु सहित प्राध्यापकहरुको समेत उपस्थिती सहभागीता रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)