बुटवल,चैत २६ ।
रुपन्देही मिष्ठान्न क्याटरिङ तथा पार्टी प्यालेस ब्यवसायी संघले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन गरेको छ । बुटवल बेलबासमा एक कार्यक्रमको बिच नेपाल पार्टी प्यालेस तथा क्याटरिङ ब्यावसायी महासंघका निवर्तमान अध्यक्षलक्ष्मण पोखरेल, संघका रुपन्देही अध्यक्ष कमल पोखरेल लगायतले बिमोचन गरेका छन ।
कार्यक्रममा बोल्ने बक्ताहरुले सरकारको मिष्ठान्न ब्यवसायलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । उनीहरुले पेशा-ब्यवसायको वफादारिता कायम गर्दै सेवाग्राहीको हितमा रहेर काम गर्नुपर्ने बताए ।
कार्यक्रममा संघका सचिव केशव कडेल,प्रेस सल्लाहकार कपिल ज्ञवाली लगायतले बोल्दै ब्यवसाय गर्ने वातावरण सरकारले निर्माण गर्नुपर्ने बताए । हाल रुपन्देहीमा १ हजार बढी मिष्ठान्न तथा क्याटरिङ ब्यवसायीहरु छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)