Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीका मुख्यमन्त्री महराले बनाए भ्रष्ट्राचारविरुद्धको रणनीति तथा कार्य योजना निर्माण गर्न कार्यदल

लुम्बिनीका मुख्यमन्त्री महराले बनाए भ्रष्ट्राचारविरुद्धको रणनीति तथा कार्य योजना निर्माण गर्न कार्यदल

  • 1.2K
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्री महराले बनाए भ्रष्ट्राचारविरुद्धको रणनीति तथा कार्य योजना निर्माण गर्न कार्यदल

    दाङ,चैत २६ ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्ट्राचारविरुद्धको रणनीति तथा कार्य योजना निर्माण गर्न कार्यदल गठन गर्नुभएको छ ।

    आइतबार साँझ  शपथ ग्रहणपश्चात् पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले भ्रष्ट्राचारविरुद्धको रणनीति तथा कार्य योजना ६० दिनभित्र तयार गरी कार्यान्वयन गर्न कार्यदल गठन गर्नुभएको हो । मुख्यमन्त्री कार्यालयका सचिव निराजन घिमिरेको संयोजकत्वमा भ्रष्ट्राचार निवारण र सुशासनको क्षेत्रमा काम गर्ने संस्थाका प्रतिनिधि एवं विज्ञ सदस्य रहेको कार्यदल गठन गरिएको छ ।

    यो कार्यदलले दुई महिनाभित्र कार्य योजनासहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्य योजना पेस गर्नेछ । यस्तै, पदभार ग्रहण गर्दै मुख्यमन्त्री महराले प्रदेशको समग्र विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।उत्पादनसँग जोड्दै बेरोजगारी समस्या समाधान गर्ने, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकतामा नागरिकको सहज पहुँच बढाउने जिम्मेवारी सरकारले लिने बताउनुभयो ।

    सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न प्रदेश तहबाट प्रभावकारी काम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । अन्य मन्त्रीहरूको जिम्मेवारी पनि छिट्टै तोकिने जानकारी दिँदै कर्मचारी प्रशासनलाई इमानदार भएर जनताको काममा लाग्ने निर्देशन समेत दिनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology