Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

बुटवलको कान्ति माविमा आगलागी

बुटवलको कान्ति माविमा आगलागी

  • 969
    SHARES

  • बुटवलको कान्ति माविमा आगलागी

    बुटवल,चैत्र २६ ।

    बुटवलको कान्ति माध्यमिक विद्यालयमा आइतबार दिउँसो आगलागी भएको छ । विद्यालयका प्राचार्य गोविन्द ज्ञवालीका अनुसार विद्यालयको क्यान्टिनमा रेगुलेटरबाट ग्यास लिक भएर आगलागी भएको हो ।

    बुटवल उपमहानगरको दमकल बोलाएर आगो नियन्त्रणमा लिइएको ज्ञवालीले जानकारी दिए । दिउँसो करिब साढे ४ बजेको समयमा क्यान्टिनभित्र एक्कासी ग्यास लिक भएर आगलागी भएको थियो । विद्यालयमा रहेको फायर एक्सटिंग्विशरले निभाउने प्रयास गरे पनि सफल नभएपछि दम्कल बोलाइएको उनले बताए ।

    आगलागीबाट केही भौतिक तथा आर्थिक क्षेति भएपनि मानवीय हुनबाट भने बचेको ज्ञवालीले बताए । विद्यालयमा नेपाल आर्मीको समेत परीक्षा सञ्चालन भएको समय परेकाले उनीहरुबाट समेत आगो नियन्त्रणका लागि सहयोग प्राप्त हुँदा थप क्षति हुनबाट जोगिएको उल्लेख गरे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology