Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

लुम्बिनी वर्ल्ड स्कुलमा अभिभावक सचेतना अभियान

लुम्बिनी वर्ल्ड स्कुलमा अभिभावक सचेतना अभियान

  • 1.6K
    SHARES

  • लुम्बिनी वर्ल्ड स्कुलमा अभिभावक सचेतना अभियान

    बुटवल,चैत्र २५ ।

    तिलोत्तमा-१३  मधवलिया रुपन्देहीमा स्थित लुम्बिनी वर्ल्ड स्कुलमा प्राविधिक युगमा कसरी अभिभावकत्वको जिम्मेवारी बहन गर्ने भन्नेबारे सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

    लुम्बिनी वर्ल्ड स्कुल र नेपाल स्टिम अलायन्सको कोडिङ कक्षा डिभिजन को सहकार्यमा मोटिभेसनल स्पिकर सौरभ लोहनी द्वारा रूपन्देहीका विभिन्न क्षेत्रबाट आएका अभिभावकहरूको बीचमा प्यारेन्टिङ कसरी गर्ने, बालबालिकाहरूलाई मोबाइल, टिभी लगायतका सामग्रीहरु सही रुपमा कसरी प्रयोग गर्ने यसको अनावश्यक प्रयोगबाट कसरी वञ्चित गर्ने तथा घरमा के कस्तो वातावरण सिर्जना गरेमा बालबालिकाहरू प्रविधिजन्य यन्त्रहरूको दुरुपयोग गर्नबाट सुरक्षित रहन्छन् भन्ने जस्ता कुराहरूको प्रशिक्षण दिनुभएको थियो ।

    कार्यक्रमको मुख्य आकर्षणहरू मध्ये एक अन्तरक्रियात्मक प्रश्नोत्तर सत्र थियो जहाँ अभिभावकहरूले डिजिटल युगमा सामना गर्ने विभिन्न अभिभावकीय चुनौतीहरूको बारेमा लोहनीबाट व्यक्तिगत सल्लाह लिने अवसर पाएका थिए।उक्त प्रशिक्षणमा सहभागी अभिभावकहरू उत्साहपूर्ण मुद्रामा अन्तरक्रिया सहित भाग लिनुभएको थियो। र राम्रो कार्यक्रम भएको प्रतिक्रिया सहभागीबाट प्राप्त भएको थियो।

    कार्यक्रममा सहभागी सम्पूर्णलाई विद्यालयका प्राचार्य विष्णुप्रसाद ढकालले स्वागत गर्दै लुम्बिनी वर्ल्ड स्कुलले प्रदान गर्ने शैक्षिक वातावरण र यसका शैक्षणिक प्रक्रियाहरूबारे छोटो जानकारी दिनुभएको थियो। उहाँले विद्यालयले शिक्षकहरूको तालिम अभिभावकहरूसँग बच्चाको तथा विद्यालयको सम्बन्ध तथा विद्यालय र विद्यार्थीहरूको सामाजिक उत्तरदायित्व जस्ता कुराहरूलाई आत्मसाथ गर्दै चरणबद्ध रुपमा यी कुराहरूको अभ्यास गर्दै रहेको जानकारी गराउनुभयो।साथै कार्यक्रममा कोडिङ कक्षाका कार्यकारी प्रमुख सुशील बुढाथोकीले कोडिङ कक्षाको महत्व र के कसरी विभिन्न उमेर समूहका बालबालिकाहरू कोडिङ कक्षामा भाग लिन सक्छन् भन्ने बारे जानकारी प्रस्तुत गर्नुभएको थियो।

    कार्यक्रममा सहभागी अभिभावकका बालबालिकाहरू जसले अनलाइनमा दर्ता गर्नुभएको थियो उहाँहरूको लागि निःशुल्क कोडिङ कक्षाको व्यवस्था कोडिङ कक्षाले गरेको छ।कार्यक्रमको सञ्चालन विद्यालयका शैक्षिक निर्देशक डा. मीनप्रसाद खनालले गर्नुभएको थियो। सेमिनारको अत्याधिक सफलता र सहभागीहरूबाट हामीले पाएको सकारात्मक प्रतिक्रियाले अत्यन्तै उत्साहित भएको प्रतिक्रिया डा. खनालले दिनुभयो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology