बुटवल,चैत्र २५ ।
देवसिद्ध समाज सुधार तथा विकास समिति बुटवल–११ को पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले पूर्णानन्द गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सारदा घिमिरे, सचिवमा दुर्गा प्रसाद श्रेष्ठ, कोषाध्यक्षमा मणिप्रसाद अधिकारी र सहसचिवमा दुर्गा बहादुर खत्री चयन भएका छन । यस्तैगरी सदस्यहरुमा जीवलाल बस्याल, मनोज विक, गंगा ज्ञवाली र वेदप्रसाद पौडेल रहेका छन् ।
यस्तैगरी लेखा समितिको संयोजकमा हरिप्रसाद उपाध्याय र सदस्यहरुमा युवराज खनाल र नारायणप्रसाद शर्मा गैरे चयन भएका छन । यस्तैगरी निर्वाचन मण्डलका संयोजकमा यदुनाथ पाण्डे र सदस्यहरुमा भरत पाठक र शंकरप्रसाद काफ्ले रहेका छन । सो अवसरमा संस्थापक पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो ।
यसअघि देवसिद्ध समाज सुधार तथा विकास समिति बुटवल–११ को पाँचौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको थियो । सो अवसवरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमख खेलराज पाण्डेयले देवीनगर क्षेत्रमा अगाडि सारिएका विभिन्न विकासका आयोजनाले छिट्टै मुहार फेर्ने बताए । पाण्डेयले देवीनगर क्षेत्रमा १०० बेड अस्पताल बनाउने योजना पनि अगाडि बढिरहेको बताए ।
उनले भने, ‘देवसिद्धचोकमा हाइमास्क लाइट जडान हुँदैछ । रंगशाला मार्ग निर्माणको काम अगाडि बढदैछ । त्यस्तै मोतिपुर औद्योगिक क्षेत्रको काम अगाडि बढेपछि देवीनगर क्षेत्रको मुहार परिवर्तन आउछ ।’ मेयर पाण्डेयले नगरपालिकाले यस क्षेत्रका अन्य योजनाहरुमा पनि साथ र सहयोग गर्ने बताए ।
समितिका अध्यक्ष पूर्णानन्द गिरीले १२६ जना आजीवन सदस्यहरु तथा ७१२ जना साधारण सदस्य समितिमा आबद्ध रहेको बताए । उनले समाज देवसिद्ध क्षेत्रको अग्रणी संस्थाको रुपमा परिचित रहेको बताए । कार्यक्रममा वडा अध्यक्ष रामचन्द्र खनाल, बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भटटराई, माओवादी नेता सुजीत विक, महिला उद्यमी ज्ञानु केसी, दिपावली सहकारीका अध्यक्ष चण्डीप्रसाद न्यौपाने, समितिका संस्थापक सचिव तथा सल्लाहकार लोकराज शर्मा लगायतले बोलेका थिए ।
समितिका अध्यक्ष पूर्णानन्द गिरीको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष लालबहादुर थापाको स्वागत तथा सचिव यज्ञप्रसाद न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)