Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पाको अर्गली नजिकै जिप दुर्घटना,चार जना घाइते

पाल्पाको अर्गली नजिकै जिप दुर्घटना,चार जना घाइते

  • 3.2K
    SHARES

  • पाल्पाको अर्गली नजिकै जिप दुर्घटना,चार जना घाइते

    पाल्पा,चैत २३ ।

    पाल्पामा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । जिल्लाको तानसेन १४, अर्गली नजिकै ना १ ज ७९५३ नम्बरको जिप शुक्रबार दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।  

    दुर्घटनामा परी गुल्मी मुसिकोट –१ का ६७ वर्षकी ईश्वरा घिमिरे, सोही स्थानकी ८ वर्षकी सुप्रिया घिमिरे, पाल्पा रिव्दीकोट –६ की २४ वर्षकी रेखा रोका र बाग्लुङ् बडिगाड –५ बस्ने नौँ वर्षकी अतिस पाइजा घाइते भएका छन् । 

    घाइतेहरुलाई रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको जिल्लाका प्रहरी कार्यालय पाल्पाका सूचना अघिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार गाडी चालक प्रहरी नियन्त्रणमा छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology