Logo बिहिवार, आश्विन १ गते २०८३
images

पश्चिम नेपाल बस ब्यवसायी प्रालिमा सपथ ग्रहण तथा पदस्थापन

पश्चिम नेपाल बस ब्यवसायी प्रालिमा सपथ ग्रहण तथा पदस्थापन

  • 1.5K
    SHARES

  • पश्चिम नेपाल बस ब्यवसायी प्रालिमा सपथ ग्रहण तथा पदस्थापन

    बुटवल,चैत २३ ।

    पश्चिम नेपाल बस ब्यवसायी प्रालिको सपथ ग्रहण तथा पदस्थापन समारोह सम्पन्न भएको छ।

    देशको सबैभन्दा ठुलो यातायात ब्यवसायी प्रालिको रुपमा रहेको पश्चिम नेपालको चैत १७ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सञ्चालक तथा रुट संयोजकहरुको पदस्थापन गरिएको हो। निर्वाचित सञ्चालक तथा रुट संयोजकहरुलाई निर्वाचन समितीका संयोजक रामराज पोखरेलले पद तथा गोपनीयताको सपथग्रहण गराएका थिए। पदस्थापन समारोहलाई सम्वोधन गर्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई सुन्दर सफा र ब्यवस्थीत बनाउन सबैको सहकार्य जरुरी रहेको बताए।

    कार्यक्रममा बोल्दै प्रालिका नव निर्वाचित सञ्चालक दधिराम खरेलले यातायात क्षेत्रको सुधारका लागि पश्चिम नेपाल बस ब्यवसायी संघ सदैव अग्र स्थानमा रहेको बताए।

    निर्वाचन समितीका संयोजक रामराज पोखरेलको अध्यक्षतामा तुल्सीराम बन्जाडेको स्वागत तथा दिनेश पाण्डेको सञ्चालनमा सम्पन्न सपथ ग्रहण समारोहमा बुटवल उपमहानगरपालिकाका वडा नं ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, यातायात मजदुर तथा ब्यवसायी भलाईकोषका अध्यक्ष दिनेश फुल्लेल, बुटवल यातायात प्रालिका दिपक श्रेष्ठ, बुटवल अटो ईन्जिनियरीङ एशोसिएसनका अध्यक्ष तुल्सी न्यौपाने, लगायतले आ आफ्ना भनाई राखेका थिए। bus samittee.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology