बुटवल,चैत २२ ।
बुटवल कालिकानगरमा हाम्रो एस कोल्ड स्टोरको उद्घाटनका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बुटवल ११ होराइजनचोक बीपी पथ नजिकै एक समारोहका बिच संचालक समेत रहनुभइका निर्मल खनालको जन्मदिनको अवसरमा कोल्ड स्टोरको उद्घाटन र रक्तदान कार्यक्रम एकैसाथ भएको हो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीले सहयोगी संस्थाका रुपमा कार्यक्रम चलाएको हो । आजको रक्तदान कार्यक्रममा ५० जना स्वयंसेवि रक्तदाताहरुले रक्तदान गरेको कार्यक्रम संचालक अर्जुन प्रसाद पौडेलले जानकारी दिनुभयो ।
सो अबसरमा बोल्दै प्रम्ख अतिथि बुटवल ११ का कार्यबाहक अध्यक्ष युवराज राना, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौहान क्षेत्री,स्टोर्सका संचालक निर्मल खनाल लगायतले बोल्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)