Logo शनिवार, आश्विन ३ गते २०८३
images

क्लोथ एण्ड फूड बैंक रुपन्देहीको शुद्धोधनमा पनि शुरू

क्लोथ एण्ड फूड बैंक रुपन्देहीको शुद्धोधनमा पनि शुरू

  • 1.0K
    SHARES

  • क्लोथ एण्ड फूड बैंक रुपन्देहीको शुद्धोधनमा पनि शुरू

    बुटवल,चैत २२ ।

    मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको शुद्धोधनमा सञ्चालनमा आएको छ । बिहिवार  एक कार्यक्रमका बिच  शुद्धोधन गाउपालिकाका प्रमुख बिष्णु प्रसाद बस्याल , उप प्रमुख शान्ता देवि ज्ञवाली  र प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर घर्तीले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गरेका हुन् ।

    कार्यक्रममा  बोल्दै गाउपालिका प्रमुख बस्यालले  क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताउनुभयो।  

    र  क्लोथ एण्ड फुड बैंक नेपालको आयोजना र सुद्धोधन गाउपालिकाको  सहकार्यमा  क्लोथ बैंकको स्थापना गरिएको हो । सोही अवसरमा बोल्दै उपप्रमुख ज्ञवालिले मानवीय सेवा गर्ने उद्देश्यका साथ यो क्लोथ बैंकको सुरुवात यस नगरपालिकामा पनि गर्न पाएकोमा क्लोथ बैंक परिवार प्रति आभार प्रकट गर्नु भएको थियो ।cloth.jfif

    त्यस्तै गरी प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर घर्तीले  प्रयोगमा नआएका कपडाहरु क्लोथ बक्स मार्फत संकलन गरिने र ती कपडाहरुलाइ पुनः प्रशोधन गरी प्रयोगमा ल्याउन मिल्ने गरी उपलब्ध हुने हुनाले यो कार्य निकै प्रसंसनीय रहेको बताउनुभयो ।

    कार्यक्रममा नगर प्रवक्ता केशव प्रसाद अधिकारी  लगायत विभिन्न वडाका  वडा अध्यक्ष तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।क्लोथ एण्ड फूड बैंक नेपालले प्रयोगमा नआएका घरमा यत्तिकै रहिरहेका लत्ता कपडा संकलन गरी पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने जनाएको छ।

    क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सीले देशका सातै प्रदेशमा यो अभियान सञ्चालन हुने बताए । अहिले सम्म १६० स्थानिय सरकार यो अभियानमा जोडिएको जि.सीले जानकारी दिनुभयो । शुभारम्भ कार्यक्रम हरि शर्मा न्यौपानेको स्वागत र संचारकर्मि सन्जु पौडेलको  संचालनमा  सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology