बुटवल,चैत्र १८ ।
बुटवल १३ बेलबासमा पछ्यौरी बुटिक सञ्चालनमा ल्याईएको छ । बुटवल १३ निवासी फेसन डिजाइनर २८ बर्षिय पुजा गौतमले आफुले सिकेको सीप स्वदेशमै उदमको रूपमा विकास गर्ने सोचका साथ बुटिक संचालन गरेकी हुन् ।
युवाहरूले स्वदेशमै भविष्य खोज्नुपर्छ भन्ने मूल मन्त्रमा साथ बुटिक सञ्चालनमा ल्याएको उनको भनाइ छ । बुटिकको केही समय अघि हिमांशु बुटिक एण्ड ट्रेनिङ सेन्टरका प्रबन्ध निर्देशक हिरा पेग्नीले उदघाटन गरेकी थिइन् । पेग्नीले बुटिक सञ्चालन गरेर स्वदेशमै आत्मनिर्भर हुन सकिने बताउदै यस्ता पसल शुभारम्भ हुनु सकरात्मक भएको बताईन । उनले महिलाहरूलाई आत्मनिर्भर हुन बुटिक जस्ता व्यवसाय निकै राम्रो हुने बताईन् ।
सञ्चालक एव डिजाइनर पूजा गौतमले धेरै जसो सीप सिकेर विदेश गईरहेको अवस्थामा आफुले स्वदेशमै बसेर उदम गर्ने प्रयास स्वरूप पछयौरी बुटिक सञ्चालन गरिएको बताईन ।बुटिक बुटवल १३ बेलबास शिवालय चौकमा छ । उदघाटनका अवसरमा विशेष छुट दिईएको आरती गौतमले बताईन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)