Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

मेटल फेब्रिकेशन एसोसियसन रुपन्देहीको कार्यालय उद्घाटन,अध्यक्षमा सन्तबहादुर कवंर चयन

मेटल फेब्रिकेशन एसोसियसन रुपन्देहीको कार्यालय उद्घाटन,अध्यक्षमा सन्तबहादुर कवंर चयन

  • 972
    SHARES

  • मेटल फेब्रिकेशन एसोसियसन रुपन्देहीको कार्यालय  उद्घाटन,अध्यक्षमा सन्तबहादुर कवंर चयन

    बुटवल,चैत्र १८ ।

    मेटल फेब्रिकेशन एसोसियसन रुपन्देहीको कार्यालय भवन उद्घाटन एवम प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । संस्थाका संस्थापक अध्यक्ष सन्त बहादुर कवंरको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा प्रमुख अतिथी तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले रुपन्देही मेटल फेब्रीकेशन एसोसियसनले रुपन्देही कार्यक्षेत्र बनाएर पनि तिलोत्तमामै कार्यालय स्थापना एवम संस्था दर्ता गरेको प्रती खुशी व्यक्त गरे । उनले एसोसियसनलाई नगरपालिकाले सधै साथ र सहयोग गर्ने बताउँदै व्यवसायिक हत हितका निम्ति संस्थाले चालेको कदम उत्कृष्ट रहेको बताए।

    कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु विभिन्न सामाजिक संस्थाका प्रतिनिधीहरु प्रहरी प्रशासन पत्रकार , कानुनी सल्लाहकार एवम व्यवसायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य शंकर केसीले राखेका थिए । त्यस्तै संस्थाको बारेमा ठाकुर पन्थीले जानकारी गराएका थिए भने सञ्चालन सचीव विश्वनाथ पाण्डेले गरेका थिए।

    संस्थाको अधिबेशनबाट अध्यक्षमा सन्त बहादुर कंवर,उपाध्यक्षमा मेघ बहादुर घिमिरे,कोषाध्यक्षमा किसन बहादुर केसी, सचिबमा विश्वनाथ पाण्डे, सहसचिबमा अमृता गौतम सदस्यहरुमा जगदिश चौधरी थारु,कृष्ण प्रसाद ढकाल , सुरेश पेमी , राधा पौडेल त्यस्तै लेखा समिती संयोजकमा यादव पाण्डे (क्षितिज) सदस्यहरुमा लक्ष्मण तिमिल्सिना र सुवास भट्टराई निर्वाचित भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology