बुटवल,चैत्र १७ ।
संक्रमणकालीन न्याय प्रक्रिया लाई राजनीतिक लेनदेनको विषय बनाइएको भन्दै मानवअधिकार तथा शान्ति समाज रुपन्देही शाखाले प्रदर्शन गरेको छ।पीडितलाई न्याय र पीडकलाई सजाय दिनुपर्छ भन्ने नाराका साथ बुटवल अस्पतालाइनमा शान्तिपूर्ण प्रदर्शन गरेको हाे ।
‘पिडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित हुनुपर्छ’, ‘संक्रमणकालीन न्याय प्रक्रिया लाई राजनीतिक लेनदेनको विषय बनाइनुहुँदैन’ लगायतका प्ले कार्ड प्रदर्शन गरिएको हो।
प्रदर्शनमा समाजका केन्द्रीय सल्लाहकार गाेबिन्द खनाल,जिल्ला सभापति खिमप्रसाद भट्टराइ कृष्ण,अभियान्ता बिमलराज भट्टराइ,सचिव कृष्ण पाण्डे सहितका अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)