Logo बिहिवार, आश्विन १ गते २०८३
images

पोखरा अर्चलेमा दुर्घटना: पल्टिएको बस सडकमै ठडियो, दुई जना घाइते

पोखरा अर्चलेमा दुर्घटना: पल्टिएको बस सडकमै ठडियो, दुई जना घाइते

  • 1.2K
    SHARES

  • पोखरा अर्चलेमा दुर्घटना: पल्टिएको बस सडकमै ठडियो, दुई जना घाइते

    पोखरा,चैत १७ ।

    पोखरा महानगरपालिका २७, अर्चलेमा शनिबार बिहान बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । ग १ ख ८६८० नम्बरको बस शनिबार बिहान लेखनाथचोकबाट अर्चले जाने बाटोमा दुर्घटना हुँदा चालक र सहचालक घाइते बनेका हुन् । 

    लेखनाथतिर फर्किँदै गरेको बस शनिबार बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो ।  दुर्घटनामा घाइते चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । 

    यात्रुले रिजर्भ गरेको बस फर्किदा अन्य यात्रु भने थिएनन् । घाइते दुवैको अवस्था सामान्य रहेको र बस २ बजेतिर बाटोबाट हटाइएको शर्माले जानकारी दिनुभयो । accident-pokhara-1.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology