Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

बागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलले रजत जयन्ती मनाउँदै

बागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलले रजत जयन्ती मनाउँदै

  • 4.4K
    SHARES

  • बागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलले रजत जयन्ती मनाउँदै

    बुटवल,चैत्र १६ ।

    बागेश्वरी कला तथा संगीत एकेडेमी बुटवलले रजत जयन्ती मनाउने भएको छ । नयाँ वर्ष २०८१ वैशाख ८ गते विविध सांस्कृतिक कार्यक्रम  गरेर रजत जयन्ती मनाउन लागेको एकेडेमीले जनाएको छ ।

    शुक्रबार एकेडेमी परिसरमा पत्रकार भेटघाट कार्यक्रमको आयोजन गरि सो कुराको जानकारी गराइएको हो ।कार्यक्रममा चर्चित बाँसुरी वादक नगेन्द्र विक्रम राई , युवा तबला वादक निमेश कपालीको विशेष प्रस्तुति रहने छ ।

    यस्तै भरत नाट्यमका कलाकार युवराज गुरुङको शास्त्रीय नृत्य , विशाल भट्टराईको ध्रुपद गायनको प्रस्तुति र पण्डित डा. शरदमणि त्रिपादी लगायतको प्रस्तुति रहने सञ्चालक लालिमा श्रेष्ठले जानकारी दिइन् । कार्यक्रममा सबै विधाबाट विशेष प्रस्तुति रहनुका साथै एकेडेमीका विद्यार्थी र प्रशिक्षकहरूको प्रस्तुति रहने जनाइएको छ ।कार्यक्रममा एकेडेमीका सञ्चालक श्रेष्ठले वागेश्वरीका विद्यार्थीहरूले राष्ट्रिय र अन्तर्राष्ट्रियरूपमै नेपाललाई चिनाएको बताइन् ।

    एकेडेमीले विभिन्न उतारचढावका साथ विद्यार्थीहरूलाई कला तथा संगीतको ज्ञान प्रदान गरिरहेको जानकारी दिइन् ।हाल एकेडेमीको सञ्चालन र नाममा थोरै फेरबदल मात्रै भएको तर उदेश्य भने कला र संगीतको ज्ञान दिने व्यवस्थापक दावा शेर्पा (दर्पण) ले प्रष्ट पारे ।हाल एकेडेमीले गायन , नृत्य , बाध्यवादन र चित्रकला विषयमा कक्षाहरू सञ्चालन गरिरहेको छ ।

    एकेडेमीले बुटवलमा मात्रै नभएर तिलोत्तमा ५ मणिग्राममा पनि विगत ४ वर्षदेखि सेवा दिइरहेको छ । हाल एकेडेमीको बुटवल र मणिग्राम शाखाका विभिन्न विधामा १५० जना विद्यार्थीहरू रहेका छन् भने कर्मचारी र प्रशिक्षक १५ जना छन् । हाल प्रयाग संगीत समिति इलाहवादको परीक्षा प्रणाली रहेकोमा अब छिट्टै नेपालको शास्त्रीय संगीत परीक्षा प्रणालीमा जाने योजना रहेको सञ्चालक श्रेष्ठले बताइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology