Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

देवशिद्ध खानेपानीद्वारा बुटवल–११ मा सार्वजनिक शौचालय र खानेपानी धारा निर्माण

देवशिद्ध खानेपानीद्वारा बुटवल–११ मा सार्वजनिक शौचालय र खानेपानी धारा निर्माण

  • 2.5K
    SHARES

  • देवशिद्ध खानेपानीद्वारा बुटवल–११ मा सार्वजनिक शौचालय र खानेपानी धारा निर्माण

    बुटवल,चैत्र १६ ।

    देवशिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बुटवल–११ ले सार्वजनिक शौचालय र खानेपानीको धारा निर्माण गरेको छ । जिल्लामै पहिलो पटक बढी जनघनत्व भएको देवशिद्ध चोकमा शौचालय र खानेपानीको धारा निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

    धारा र शौचालयको शुक्रबार बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर–११ का कार्यवहाक अध्यक्ष युवराज रानाले उद्घाटन गरे । सो अवसरमा बोल्दै का.वा अध्यक्ष रानाले सरसफाईको क्षेत्रमा खानेपानी आयोजनाहरुले अझै काम गर्न आवश्यक रहेको बताए।toilet sadak.jpg

    सञ्चालनमा आएको शौचालयको रेखदेख र सरसफाई नियमित आफूहरुले गर्दै जाने देवशिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष भरत पाठकले बताए ।स्थानीय समाजसेवी तथा जग्गादाता दीपक पन्थीले दिएको जग्गामा शौचालय बनेको छ ।

    शौचालयको लागत साढे चार लाख रुपैयाँ रहेको संस्थाका सचिव लोकराज शर्माले जानकारी दिए । खानेपानी संस्थाले विभिन्न सामाजिक कार्यक्रमा पनि निरन्तर काम गर्दै आएको ब्यबस्थापक दुर्गा प्रसाद श्रेष्ठले बताए । कार्यक्रममा देवशिद्ध युवा क्लबका अध्यक्ष मनोज वि.क. बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य हेमा थामी, जग्गादाता दिपक पन्थी लगायतले बोलेका थिए । संस्थाका वरिष्ठ उपाध्यक्ष लालबहादुर थापाको अध्यक्षता तथा सचिव लोकराज शर्माको सञ्चालनमा कार्यक्रम भएको थियो ।rana.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology