Logo शनिवार, श्रावण १६ गते २०८३
images

नमस्ते नेपालले तिलोत्तमामा आयोजना गर्दै छ ‘अब के ?’

नमस्ते नेपालले तिलोत्तमामा आयोजना गर्दै छ ‘अब के ?’

  • 2.1K
    SHARES

  • नमस्ते नेपालले तिलोत्तमामा आयोजना गर्दै छ ‘अब के  ?’

    बुटवल,चैत्र १५ ।

    नमस्ते नेपाल रुपन्देहीको आयोजनामा तिलोत्तमामा अव के ? नामको बहस कार्यक्रम हुने भएको छ ।

    योगीकुटीमा रहेको होटल पौवामा यहि चैत १७ गते शनिवार कार्यक्रम आयोजना हुने अध्यक्ष मनिष भुषालले जानकारी दिए । आज बुटवलमा पत्रका सम्मेलन गर्दै आयोजकले सो कार्यक्रममा पुर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का  संघीय संसाद विष्णु पौडेल, संघीय सांसद सन्तोष परियार,  राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.गोविन्द पोखरेल,सूचता तथा सञ्चार विज्ञ किरन बज्राचार्य, भिजन लुम्बिनी उर्जाका अध्यक्ष जगतबहादुर पोखरेल लगायतका बक्ताहरुको सहभागीता रहने बताएका छन् ।

    कार्यक्रममा देशभरबाट ३ सय जना युवाहरुको सहभागीता हुने अपेक्षा गरिएको संरक्षण तथा संस्थापक अध्यक्ष अर्जुन खरेलले जानकारी दिए । वि.स. २०६८ सालमा बाल क्लवको रुपमा स्थापना भएको नमस्ते नेपालले विभिन्न रचनात्मक काम गर्दै आएको छ । कार्यक्रममा प्रदेश युवा परिषदका उपाध्यक्ष गोबिन्द केसी,प्रचार बिभागका प्रमुख बिपिन नेपाल लगायतले बोलेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology