Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

छिमेकी हत्या अभियोगमा १८ बर्षदेखि फरार अभियुक्त पक्राउ

छिमेकी हत्या अभियोगमा १८ बर्षदेखि फरार अभियुक्त पक्राउ

  • 1.1K
    SHARES

  • छिमेकी हत्या अभियोगमा १८ बर्षदेखि फरार अभियुक्त पक्राउ

    बुटवल,चैत्र १४ ।

    बिगत १८ बर्षदेखि रुपन्देही प्रहरीको खोजी सूचीमा रहेका एक ब्याक्ति पक्राउ परेका छन् ।  १८ वर्ष अघि छिमेकीको गोली हानी हत्या गरी फरार रहेका तिलोत्तमा नगरपालिका  निवासी रामपृत मल्लाहलाई सुनौली नाकाबाट पक्राउ गरेको रुपन्देही प्रहरीले जनाएको छ ।यादवमाथि सोही ठाँउका जङ्गबहादुर यादवको २०६२ पुस २५ गते भएको गोली हानी  हत्या गरेको  आरोप छ ।

    रुपन्देहीका प्रहरी प्रमुख एसपी रञ्जित सिंह राठौरले मल्लाहलाई भारतको सुनौली नाकाबाट नेपाल आउँदै गर्दा  सिद्धार्थनगर नगरपालिका १ बेलहियाबाट पक्राउ गरेको बताउनुभयो ।यादवको हत्यापछि पीडित पक्षले मल्लाहविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएपछि अभियुक्त फरार भएका थिए । उहाँमाथि अदालतद्वारा पक्राउ पुर्जीसमेत जारी भएको थियो ।

    गाउँकै सार्वजनिक जग्गामा मल्लाहले घर टहरा बनाएको र त्यस ठाउँमा मन्दिर बनाउने विषयमा विवाद हुँदा गोली प्रहार गरी फरार रहेको रुपन्देही प्रहरी प्रवक्ता  डिएसपी मनोहर  प्रसाद भट्टले बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology