Logo बिहिवार, आश्विन १ गते २०८३
images

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) लुम्बिनीको होली मिलन

राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) लुम्बिनीको होली मिलन

  • 4.4K
    SHARES

  • राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) लुम्बिनीको होली मिलन

    बुटवल,चैत १२ । 

    राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल (रान) लुम्बिनी प्रदेशले होली मिलन कार्यक्रम गरेको छ । सोमबार रुपन्देहीको मणिग्राम स्थित रक्षा आयुर्वेदिक औषधालयमा होली मिलन कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रम राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपालका केन्द्रिय संस्थापक उपाध्यक्ष शालिकराम भुसालको प्रमुख आतिथ्यमा रहेको थियो ।

    होली मिलन कार्यक्रममा नेपाल आयुर्वेद स्वाथ्य कर्मी समाजका केन्द्रिय उपाध्यक्ष यमलाल भट्टराई, नेपाल आयुर्वेद उत्पादक संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष चन्द्रकान्त खनाल, लुम्बिनी आयुर्वेद चिकित्सालयका बरिष्ठ कबिराज निरिक्षक गणेश सापकोटा, नेपाल आयुर्वेद स्वाथ्य कर्मी समाज लुम्बिनी प्रदेश उपाध्यक्ष धुर्व भण्डारी, नेपाल आयुर्वेद औषधी थोक ब्यबसायी प्रेम भट्राई व्यावसायिक संघ लुम्बिनी प्रदेश सदस्य निर्मला पाण्डे, बजार प्रतिनिधि शिव न्यौपाने लगायतको आतिथ्यमा होली मिलन कार्यक्रम भएको हो ।

    राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल लुम्बिनीका अध्यक्ष नरहरि अर्यालको अध्यक्षता, यमलाल भुसालको सञ्चालन र रानका उपाध्यक्ष दिपक पन्थीको स्वागतमा होली मिलन कार्यक्रम भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology