Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

हाजिर जमानीमा छुटे ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी

हाजिर जमानीमा छुटे ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी

  • 990
    SHARES

  • हाजिर जमानीमा छुटे ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी

    काठमाडौँ,चैत १२ ।

    मदिरा सेवन गरी कार चलाएर दुर्घटना गरेपछि बिगत दुई दिनदेखि प्रहरी नियन्त्रणमा रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी रिहा भएका छन् ।

    प्रहरीले घाइतेको सबै उपचार खर्च ब्यहोर्ने शर्तमा उनलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले जानकारी दिए । ‘शनिबार दिनभर घाइतेका परिवारसँग राखेर छलफल गरेर उपचार खर्च बेहोर्ने गरी कागज भएपछि हाजिर जमानीमा छाडेका छौँ’ एसपी विष्टले भने– ‘घाइते तलमाथि केही भयो भने अर्को कारबाही अगाडि बढ्छ ।’

    दुर्घटनामा कमेडियन सुशान्त बस्याल गम्भीर घाइते भएका छन् । उनको टाउकाको अपरेसन गरिएको र अहिले पनि आईसीयुमै रहेका छन् । बिहीबार निर्देशक भण्डारीले चलाएको बा–१–०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो ।

    दुर्घटना लगतै सबैलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । कारमा निर्देशक भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology