Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

इन्द्रेणीको स्थापना दिवसमा रचनात्मक कार्यक्रम

इन्द्रेणीको स्थापना दिवसमा रचनात्मक कार्यक्रम

  • 600
    SHARES

  • इन्द्रेणीको स्थापना दिवसमा रचनात्मक कार्यक्रम

    बुटवल, चैत ११ ।

    बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्थाले आफ्नो २९ औं स्थापना दिवस विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएको छ ।

    स्थापना दिवसको अवसरमा संस्थाले रक्तदान, दृष्टिबिहीन विद्यार्थीलाई तथा बटुक विद्यार्थीलाई अध्ययनमा सघाउ पुर्याउनका लागि आर्थिक सहयोग गरेको हो । संस्थाले शान्ति नमुना माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टि विहिन विद्यार्थीका लागि अक्षयकोषमा थप गर्न नगद १५ हजार रुपैया सहयोग गरेको अध्यक्ष कृष्णप्रसाद अर्यालले जानकारी दिनुभयो ।

    उहाँले दृष्टिबिहीन विद्यार्थीलाई अध्ययनमा सहयोग पुगोस भनेर विद्यालयको अक्षयकोषमा थप हुने गरि आर्थिक सहयोग गरेको बताउनुभयो । उहाँले विद्यालयका अध्यक्ष सरद भट्टराईलाई उक्त नगद वरावरको चेक प्रदान गर्नु भएको हो । यस्तै बुटवल ७ मा रहेको निलकण्ठ बाबाधाम श्रीसन्तोषिमाता गुरुकुल विद्या मन्दिरका बटुकको अध्ययनमा सहयोग पुगोस भनेर ११ हजार एकसय ११ रुपैयाँको आर्थिक सहयोग गरिएको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

    स्थापना दिवसको अवसरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा संस्थाका संरक्षक भुपाल कुमार श्रेष्ठले सहकारीहरु सिद्धान्त अनुसार संचालन हुनु पर्ने धारणा राख्नुभयो । उहाँले सामान्यदेखि सामान्य आय भएका नागरिकले थोरै थोरै गरि जम्मा गरेको सहकारी कोषलाई सुरक्षित र सुशासनमैत्री बनाउनु पर्ने बताउँदै आगन्तुक सहकारीहरुबाट जोगिन सहकारी सदस्यहरुलाई सुझाव दिनुभयो ।

    संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक माया गौतमको स्वागतमा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष धुर्वकुमार धिताल, पुर्व अध्यक्ष शिवलाल राना, मित्रबहादुर शाक्य, रक्त संचार केन्द्र बुटवलका राधा शर्मा लगायतले रगतको महत्वका बारेमा चर्चा गर्नु भएको थियो । संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद अर्यालले संचालन गर्नु भएको रक्तदान कार्यक्रममा ४० पोइन्ट रगत संकलन भएको थियो ।

    दुई हजार ४४ शेयर सदस्य रहेको सहकारीको शेयर पुजी साढे दश करोड र वचत ४२ करोड रहेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • आइतवार, चैत्र ११ २०८००४:०१:४६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology