बुटवल,चैत्र ११ ।
बुटवलमा रहको क्यानन माविमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाई तथा शुभकामना प्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेल, प्राचार्य शामूजल आर सपथ, सह प्राचार्य सूर्यप्रसाद पाण्डे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।कक्षा ११ मा अध्ययनरत छात्र अमन अग्रहरीको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन सगुन चाैधरी र आयुष पौडेलले गरेका थिए।
साे कार्यक्रममा लोकल ब्याण्ड द क्लाउन्सको करीव २ घण्टा प्रस्तुती समेत रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)